sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कैलालीको टीकापुरमा एकैदिन १० हजार पर्यटक

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० ११:२२
कैलालीको टीकापुरमा एकैदिन १० हजार पर्यटक
  • टीकापुर उद्यान १० हजारभन्दा बढी पर्यटकले अवलाेकन गरे
  • र्यटकबाट तीन लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन
  • उद्यानमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने सम्भावना 

कैलाली ।। 

कैलालीको टीकापुर उद्यानमा एकैदिन १० हजारभन्दा बढी पर्यटकले अवलाेकन गरेका छन् । शनिवार हिजाे १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका हुन् । उद्यानमा दशैँ तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् ।  शनिवार पर्यटकबाट तीन लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । उद्यानमा यही मङ्सिर १ गते एक लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । उद्यान दशैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ । पर्यटकहरु उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् ।

थरिथरिका व्यक्ति, थरिथरिका पोसाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ । उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिवार भित्रिएका बताउनुभयो । ‘दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्, शनिवार भने १० हजार भित्रिए’, उहाँ भन्नुहुन्छ, ‘वनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ ।’ इञ्चार्ज कुँवर उद्यान किनारमा रहेको कर्णाली नदीमा र्‍याफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताउनुहुन्छ । ‘उद्यानमा रमाइलो वातावरण, नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्’, उहाँ भन्नुहुन्छ, ‘सुदूरपश्चिम घुम्न निस्केका पर्यटक उद्यान पुगेरै फर्किन्छन् ।’

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा उद्यान छ । उद्यान ८५ बिघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । उद्यानभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका संरचना अवलोकन गर्नेहरु पनि त्यत्तिकै छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी/बेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन् ।

चितवनबाट घुम्न टीकापुर पुग्नुभएका शिक्षक सुरेन्द्र अधिकारी उद्यानमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने बताउनुहुन्छ । ‘घुम्न निस्किएका थियौँ, घोडाघोडी ताल घुमेपछि साथीहरुले उद्यान पनि घुमौँ भन्नुभयो, अनी यहाँ आयौँ’, उहाँ भन्नुहुन्छ, ‘यहाँ त स्वर्ग जस्तै रहेछ । पूर्वाधार थप्न सकेको भए उद्यान थप रमणीय बनाउन सकिन्थ्यो ।’ यस्तै सुर्खेतका सन्दीप ओली उद्यानसँग भएको जमिनको सदुपयोग गर्न लगानी गर्नुपर्ने बताउनुहुन्छ । ‘यहाँ बालबालिका र ज्येष्ठ नागरिक रमाउने खालका पूर्वाधार बनाउन आवश्यक छ’, उहाँले भन्नुभयो, ‘उद्यानभित्र पनि आम्दानी हुने खालका संरचना निर्माण गर्नुपर्छ ।’

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid