April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

मुस्लिम धर्मवालम्बीहरुको इज्तिमा स्थगन गर्न दलहरुको अपिल

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० ११:५६
मुस्लिम धर्मवालम्बीहरुको इज्तिमा स्थगन गर्न दलहरुको अपिल

विराटनगर । इस्लाम धर्मवालम्बीहरुले सुनसरीको दुई स्थानमा मंसिर ५ गतेदेखि १० गतेसम्म आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम सुरक्षाका कारणले स्थागित गर्न अनुरोध गरेका छन् ।

सोमबार बसेको राजनीतिक दलहरुको संयुक्त बैठकले मुलुकको वर्तमान सुरक्षा संवेदनशील अवस्थामा उच्श्रृङ्खल तत्वहरुको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै हाललाई कार्यक्रम स्थगीत गर्न सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । मुलुकको सुरक्षा वातावरण सहज नभएको र वातावरण सहज भएपछि आपसी समन्वयमा कार्यक्रम आयोजना गर्न विभिन्न ५ राजनीतिक दलहरुले संयुक्त अपिल प्रकाशन गरेका छन् ।

सुनसरीका नेपाली काँग्रेसका सभापति केदार भण्डारी, एमाले अध्यक्ष रेवतिरमण भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष दुर्गाबहादुर बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष भगिरथ खत्वेले हस्ताक्षर गरी अपिल प्रकाशित गरेका हुन् ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भएको र सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव संरक्षण तथा प्रवद्र्धन गर्ने संकल्पसहित राज्य सञ्चालन भइआएकोमा इज्तिमा आयोजकसँग सहमतिमा नै कार्यक्रम स्थगत गर्ने निर्णय यस अगाडि नै भएको पनि अपिलमा स्मरण गराइएको छ ।

कार्यक्रम स्थगन गर्ने सहमति अनुसार स्थानीय प्रशासनले नेपाल सरकारसमक्ष अनुरोध गरेको र नेपाल सरकारले दुहवी नगरपालिका १ स्थित प्राष्टोकीमा मंसिरक ५ देखि ७ गतेसम्म र इटहरी नगरपालिका १३ स्थित खनारमा मंसिर ७ देखि ९ गतेसम्म आयोजना आयोजना गर्ने भनिएको कार्यक्रम रोक्ने निर्णय गरेको थियो ।

कात्तिक २५ गते स्थानीय राजनीतिक दल र कार्यक्रम आयोजकबीच बैठक बसेर सहमतिका कार्यक्रम रोक्ने निर्णय भएपनि केही व्यक्तिले कार्यक्रम आयोजना गर्न खोजेपछि दलहरुले पुनः सहमति स्मरण गराउँदै सार्वजनिक अपिल प्रकाशन गरेका हुन् ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट