May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए

झापा हल्दिबारी घर भएका प्रहरी हवल्दार सप्तराज राई मृत फेला

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:0५
झापा हल्दिबारी घर भएका प्रहरी हवल्दार सप्तराज राई मृत फेला

झापा हल्दिबारी घर भएका नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई मृत फेला परेका छन् । हल्दिबारी गाउँपालिका- ५ स्थित त्रिवेणी टोल निवासी अन्दाजी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर हिजो सोमबार साँझ घर फर्किएका थिए । घर आएका उनले अत्यधिक मदिरा सेवन गरी राती परिवारसँग झैझगडा गरेको छरछिमेकीहरु बताउँछन् ।

श्रीमती र छोरीहरूसँग झगडाका गरेकै राती उनी आफ्नो सुत्ने कोठामा फलामको बलोमा खादा (कपडा)को पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आज बिहान श्रीमतीले श्रीमान् झुन्डिएको अवस्थामा देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी टोलीले पुगेका थिए ।

मृतक राईका श्रीमती, १५, १२ र ४ वर्षका तीन जना छोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । यता प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्