May 23, 2025 | शुक्रबार, जेष्ठ ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विराटनगरमा मापसे गरेर चलाएको एम्बुलेन्स अनियन्त्रित भइ पार्किंङ् भित्र छिरेपछि…

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:३८
विराटनगरमा मापसे गरेर चलाएको एम्बुलेन्स अनियन्त्रित भइ पार्किंङ् भित्र छिरेपछि…
  • एम्बुलेन्सले ठक्कर दिँदा १ जना घाइते 
  • मंगलबार साँझ ७:४५ बजेतिर ठक्कर दिँदा दुर्घटना
  • एम्बुलेन्समा समेत क्षति

विराटनगर ।।  

चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको एम्बुलेन्सले ठक्कर दिँदा विराटनगरमा एक जना घाइते भएका छन्। एम्बुलेन्सको ठक्करबाट सडकमा पार्किङ गरेर राखिएका २ वटा मोटरसाइकल र २ वटा स्कुटरमा पूर्ण रूपमा क्षति पुगेको छ। एम्बुलेन्समा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका–७ स्थित कोसी अस्पताल अगाडि को १ च ४१५८ नम्बरको एम्बुलेन्सले मंगलबार साँझ ७:४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लायन्स क्लब विराटनगरको एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री सुनसरीको रामधुनी–२ का २५ वर्षीय कान्छा ऋषिदेव घाइते भएका छन्। सामान्य अवस्थाका ऋषिदेवको कोसी अस्पतालमै उपचार भइरहेको छ।

सडकमा अनियन्त्रित हिसाबले गुडिरहेको एम्बुलेन्सले ठक्कर दिँदा सडकमा पार्किङ गरेर राखिएका को ३३ प ५८१८ र प्रदेश–१–०२–०४४ प १०४१ नम्बरको मोटरसाइकल तथा को २७ प ४५५२ र को २५ प २३६८ नम्बरको स्कुटरमा क्षति पुगेको डीएसपी दाहालले बताए। उनका अनुसार मोटरसाइकल र स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। एम्बुलेन्स चालक मोरङको रतुवामाई नगरपालिका–५ का २९ वर्षीय सफुल मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। चालक मुर्मुले मापसे गरेर चलाएका कारण अनियन्त्रित भएर एम्बुलेन्सले पैदलयात्री र मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट