sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायल र हमासबीच युद्धविरामको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० 0८:४३
इजरायल र हमासबीच युद्धविरामको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल

काठमाण्डाै – इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो ।

इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ र युद्धविराम आजैदेखि लागू हुँदैछ । यस अवधिमा हमासले बन्धक बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा रहेको इजरायली राजदूत हनान गोदेरलाई भेटेर युद्धविरामको यस अवधिमै विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ । हिजो मन्त्रालयमा भएको भेटमा उहाँले चार दिने युद्धविरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गर्नुभएको हो ।

जवाफमा राजदूत गोदेरले यसलाई इजरायल सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । गएको असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । अहिलेसम्म उहाँको अवस्था थाहा हुन सकेको छैन । इजरायली सेनाले भने गाजामा रहेको एक अस्पतालमा विपिन सुरक्षित रहेको जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० 0८:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid