July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

फोहोर उठाउन छलफल

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:४७
फोहोर उठाउन छलफल

काठमाडौँ । बाह्र दिनदेखि उठ्न नसकेको सिंहदरबार सहित अति विशिष्ट कार्यालय र निवासहरूको फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच प्रारम्भिक छलफल भएको छ ।

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार भएको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ, मन्त्रालयका सचिव मधसुदन आचार्य र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको सहभागिता रहेको मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिनुभयो।

प्रवक्ता परियारका अनुसार बैठकमा केही दिनदेखि स्थागित अति विशिष्ट कार्यालय तथा निवासको फोहोर उठाउने विषय, फोहोर व्यवस्थापन समन्वयन समितिको बैठक बस्ने तथा बन्चरेडाँडा ल्यान्डफिल साइटको अवलोकन गर्नेबारे छलफल भएको थियो। बैठकमा एक साताभित्र नै सहरी विकासमन्त्री गुरुङ र काठमाडौँ महानगरपालिकाका पदाधिकारीसहितको टोलीले ल्यान्डफिल साइटको अवलोकन गर्नेबारे छलफल भएको थियो।

सरकारले वार्तामा नबोलाएसम्म फोहोर व्यवस्थापन नगर्ने अडान महानगर प्रमुख साहले लिनुभएको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्