May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

भूकम्पमा ५ वर्ष मुनिका १६ हजार बालबालिका प्रभावित भए

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १४:२७
भूकम्पमा ५ वर्ष मुनिका १६ हजार बालबालिका प्रभावित भए
  • जाजरकोट भूकम्पपीडितप्रति गृह मन्त्रालयको ध्यानाकर्षण
  • सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइयो 
  • १४ वटा गैरसरकारी संस्थाले ध्यानाकर्षणमा ऐक्यबद्धता जनाए

काठमाडौं ।।

महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) र राष्ट्रिय महिला आयोगले संयुक्तरूपमा जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गरेका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरूले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको एफडब्लूएलडी सचिवालयको तर्फबाट नवीनकुमार श्रेष्ठ र आयोगका तर्फबाट अध्यक्ष कमला पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जाजरकोट भूकम्पले पाँच वर्ष मुनिका १६ हजार १२७ बालबालिका र चार हजार ६७ गर्भवती तथा सुत्केरी प्रभावित भएको जनाइएको छ । भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा पाँच वर्ष मुनिका १० हजार ५६० बालबालिका प्रभावित छन् । यस्तै, एक हजार ३६० गर्भवती र ९०० सुत्केरी भूकम्पबाट प्रभावित रहेका छन् । विज्ञप्तिमा रुकुम पश्चिममा पाँच वर्ष मुनिका बालबालिका पाँच हजार ५६७ जना प्रभावित भएको उल्लेख छ ।

यस्तै, एक हजार ६८ गर्भवती र ७३९ सुत्केरी भूकम्पबाट प्रभावित रहेको जारी विज्ञप्तिमा जनाइएको छ । ती जिल्लामा तीन हजार ७८१ जना ज्येष्ठ नागरिक, ५९६ दीर्घरोगी र ५१६ जना अपांगता भएका व्यक्ति भूकम्पबाट प्रभावित छन् । एफडब्लूएलडी, सेन्टर फर रिप्रोडक्टिभ राइट, आइपास, मेरी स्टोपस, कृपा, पीएसआई, सञ्चारिका, योसान, भिजिबल इम्पिक्ट, साथी लगायतका १४ वटा गैरसरकारी संस्थाले ध्यानाकर्षणमा ऐक्यबद्धता जनाएका छन् ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट