April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

काठमाडौँ महानगरद्वारा ४ महिनामै २ अर्ब राजस्व संकलन

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १२:४0
काठमाडौँ महानगरद्वारा ४ महिनामै २ अर्ब राजस्व संकलन
  • चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा
  • महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन
  • रजिस्ट्रेसन दस्तुरमा ३०.७२ प्रतिशत राजस्व स‌ंकलन भए

काठमाडौँ ।। 

चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ। १० अर्ब ८० करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्यमा ४ महिनामा २ अर्ब ९२ लाख रकम जम्मा भएको हो। राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले चौमासिकमा २६.४९ प्रतिशत राजस्व उठेको बताए। यसमा प्रशासनिक सेवा शुल्क लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै संकलन भएको छ।

१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड राजस्व संकलन भएको छ। यस्तै २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख  राजस्व संकलन भएको छ। घरजग्गा रजिस्ट्रेसन १ अर्ब २० करोड लक्ष्य राखिएको दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रुपैयाँ अर्थात् ९.१० राजस्व संकलन भएको छ। नाता प्रमाणित दस्तुरमा ३५.४८, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८, व्यवसाय रजिस्ट्रेसन दस्तुरमा ३०.७२ प्रतिशत राजस्व स‌ंकलन भएका छन्।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट