April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

प्रधानमन्त्री मोदीले मजदुरहरु उद्धारका लागि केहि कसुर राखेनन् तर सकेनन्

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:0६
प्रधानमन्त्री मोदीले मजदुरहरु उद्धारका लागि केहि कसुर राखेनन् तर सकेनन्
  •  मजदुरहरुको १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेन 
  • अहिले हातैले खनेर उद्धारको प्रयास हुँदै 
  • उनीहरुलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने

काठमाडौं ।।

भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा मजदुरहरु फसेको आज १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेको छैन । मेसिनबाट उद्धारको काम प्रभावित भएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ जना मजदुर फसिरहेका छन् । उनीहरुलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको छ । उनीहरुलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने काम भइरहेको छ ।

यसअघि मजदुरहरुलाई उद्धारका लागि जमिनभित्र पाइप पुर्याउन ओगर मेसिनले डि्रल गर्न सुरु गरिएको थियो । तर जमिन खन्ने मेसिन नै भाँचिएपछि उद्धारकार्य प्रभावित भएको थियो । भाँचिएको भाग काटेर निकालेपछि अहिले हातैले खनेर मान्छे छिर्ने पाइप सुरुङभित्र घुसाउने प्रयास भइरहेको छ । भारतीय मिडिया द क्वीन्टका अनुसार दुई मिटरसम्म म्यानुअल डि्रलिङ -हातले खन्ने काम) भइसकेको छ । समाचार अनुसार हातले खन्दै माटो बाहिर फ्याँक्ने र मेसिनमार्फत् पाइप घुसाउँदै जाने काम भइरहेको छ ।

मजदुरहरुलाई निकाल्न पहाडको माथिबाट पनि भर्टिकल -ठाडो गरी) मेसिनले खन्ने काम भइरहेको छ । कुल ८६ मिटर ड्रिल गर्नुपर्नेमा ५० मिटर गहिरो डि्रल भइसकेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन् । भारतका मौसमविदले पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेकाले उद्धारको काम प्रभावित हुने हो कि भन्ने चिन्ता थपिएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । उनले सुरुङभित्र १७ दिनदेखि थुनिएका मजदुरहरुका लागि देवीदेवताहरुसँग प्रार्थना गरेको भन्दै ट्वीट पनि गरेका छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट