May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

मकवानपुरमा ३४ बिगाहाको गाँजा प्रहरीद्वारा नस्ट

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:३४
मकवानपुरमा ३४ बिगाहाको गाँजा प्रहरीद्वारा नस्ट
  • १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी
  • प्रहरीले एकैदिन उक्त क्षेत्रफलको गाँजा फडानी गर्यो 
  • गाँजा लगाइने प्रवृत्ति बढेपछि फडानी गर्न प्रहरी टोली परिचालित

मकवानपुर।।

मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको छ। सोमबार गाँजा फडानीमा खटिएको मकवानपुर प्रहरीले एकैदिन उक्त क्षेत्रफलको गाँजा फडानी गरेको हो। राक्सिराङ गाउँपालिका वडा नम्बर-६ को बान्द्राङ, सिराधुनी, वडा नम्बर-८ को गैरीडाँडा, गढीडाँडा क्षेत्रमा २० बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

यस्तै, कैलाश गाउँपालिका वडा नम्बर-१ को धुसाहा, डाँडाखर्क, भोर्लाडाँडा, डाँडाबारी र वडा नम्बर-२ को बैकुण्ठडाँडा, जलेखु एरियामा १४ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरेर नष्ट गरिएको भण्डारीले बताए। मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका गाँजा उत्पादनको हटस्पटको रूपमा परिचित छ। व्यावसायिक रूपमै गाँजा लगाइने प्रवृत्ति बढेपछि फडानी गर्न प्रहरी टोली परिचालित भएको हो। दुवै गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५०/५० जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिए।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।