May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

निर्वाचनका लागि मतदानस्थल र केन्द्र तोकियो

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १५:0७
निर्वाचनका लागि मतदानस्थल र केन्द्र तोकियो
  • सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकियो 
  • निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जानकारी 
  • मतदान माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म हुने

काठमाडौं ।।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ । माघ ११ गते हुने निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक-एक वटा मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुईवटा मतदान केन्द्र तोकिएको हो । निर्वाचनका लागि कुल ७ मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार कोसी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, वाग्मती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ‘एफ’  प्राविधिक भवन, हेटौडा तोकिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, मतदानस्थल तोकिएको पौडेलले बताए । तोकिएका मतदानस्थलमा मतदाता प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि छुट्टाछुट्टै मतदान केन्द्रहरू रहने जानकारी दिए । मतदान माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म हुने छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।