काठमाडौं ।।
काठमाडौं महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।
“पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुईंमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो,” उनले भने । उक्त घटनाका बारेमा प्रहरीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।