May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

उपभोक्ता प्रतिकिलो १ सय ७० रुपियाँसम्म तिर्न बाध्य

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:३६
उपभोक्ता प्रतिकिलो १ सय ७० रुपियाँसम्म तिर्न बाध्य

काठमाडौं।

सरकारी संयत्रको कमजोरीका कारण उपभोक्ताले बजारमा चिनीको अभाव झेल्नुका साथै पाइहाले पनि महँगो मूल्य तिर्न बाध्य भएका छन् । सरकारले दशैँपछि २५ हजार मेट्रिक टन चिनी ल्याउने भने पनि तिहारमा समेत चिनीको अभाव हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले केही दिन अगाडि मन्त्रालयले २५ टन चिनी ल्याउने भने पनि अहिले त्यसको बारेमा आफूलाई थाहा नभएको बताउनुभयो । बजारमा भने उपभोक्ताले प्रतिकिलो १ सय ७० रुपियाँसम्म तिर्न बाध्य भइरहेका छन् ।

सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनिएको चिनी यसपटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत् १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन चिनी भन्सार छुटमा खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको मन्त्रालय स्रोतले जनाएको छ ।

कर्पाेरेसनले आह्वान गरेको टेन्डरअनुसार चिनी प्रतिटन ८ सय ३२ अमेरिकी डलर वा खरिद मूल्य नै प्रतिकेजी १ सय ४२ रुपियाँ पर्न गएको थियो । त्यसमा भारत सरकारलाई ४० प्रतिशत कर तिर्नुबा साथै त्यहाँबाट नेपाल ल्याउँदा ढुवानी भाडा सबै जोड्दा बिक्री गर्न सकिने अवस्था नदेखिएकाले चिनी खरिद नगर्ने निर्णयमा पुगेको ती कम्पनीहरुले बताएका छन् ।नाम उल्लेख नगर्ने सर्तमा सिनामङ्गलका एक खुद्रा व्यापारीले नेपाल समाचारपत्रलाई होलसेल मूल्यमा बिना बिलको १ सय ४५ रुपियाँसम्ममा चिनी बिक्रि गरिरहेको बताए । आफूहरुले बिना बिलको जोखिम मोलेर चिनी लिन बाध्य भएको समेत जानकारी दिँदै उनले आफूहरू सरकारको निशानामा परे पनि ठुला होलसेल व्यापारीसँग भने सरकार मिलेको आरोप लगाए । उनले ट्रकका ट्रक चिनी अवैधानिक बाटोबाट आइरहेको सूचना आफूसँग रहेको दाबी पनि गरे ।

आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला, व्यवसायी, उद्योगीलाई राखेर सोमबार र मंगलबार लगातार चिनीकै विषयमा विभिन्न विकल्पमा छलफल गरे पनि कुनै विकल्प फेला परेको छैन ।

आजदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सय रुपियाँमा चिनी बेच्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि शनिबारसम्म प्रतिकिलोग्राम १ सय रुपियाँमा प्रति व्यक्ति २ किलोसम्म चिनी दिने जनाएको छ । कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले साल्ट टे«ेडिङ कर्पोरेसनसँग ९७ रुपियाँमा लिएको ५० क्विन्टल चिनी उपत्यकाका सबै शाखाबाट २ किलोका दरले चिनी बेचिने जानकारी दिनुभयो । उहाँले बिहान १० बजेबाट ४ बजेसम्म खुल्ने खाद्य व्यवस्थाका शाखाहरूमा गएर उपभोक्ताले चिनी लिन सक्ने जानकारी पनि दिनुभयो । साल्ट ट्रेडिङ कम्पनीले भने दशैं अगाडिबाटै प्रतिकिलो ९७ रुपियाँमा चिनी बेचिरहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।