May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

गौतमबुद्ध जन्माउने मायादेवीको नाममा प्रसूति गृह खोल्नुपर्छ : मन्त्री किराती

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १६:१४
गौतमबुद्ध जन्माउने मायादेवीको नाममा प्रसूति गृह खोल्नुपर्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवी प्रसूति गृह स्थापना गर्न संसारका बौद्धमार्गीहरुलाई आग्रह गरेका छन् । लुम्बिनीमा सरोकारवालाहरुसँग कुरा गर्दै मन्त्री किरातीले गौतमबुद्ध जस्तो संसारले चिनेको व्यक्तित्व जन्माउने आमाको सम्मानमा लुम्बिनीमा मायादेवी प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

किरातीले भने, ‘मायादेवीले गौतमबुद्धलाई माइती जानेक्रममा जन्माउनुभयो । गौतमबुद्धलाई जन्माउने क्रममा उहाँको निधन भयो । सायद त्यतिबेला प्रसूति गृह भइदिएको भए उहाँको अकालमा निधन हुने थिएन होला । त्यसैले उहाँको सम्मानमा लुम्बिनीमा प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्छ ।’

किरातीले अगाडि भने, ‘त्यसको अर्को फाइदा भनेको गौतमबुद्धको जन्मथलोमा सन्तान जन्माउने कतिलाई रहर पनि हुन सक्छ । यसले धार्मिक पर्यटनसँगै स्वास्थ्य क्षेत्रमा एउटा फड्को मार्न सक्छ । त्यसकारण संसारको बौद्धमार्गीहरुलाई आह्वान गरेर एउटा वृहत् प्रसूतिगृह सञ्चालनमा ल्याउने योजना बनाउनुपर्छ ।’

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।