May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

यसरी भागेका थिए टोपबहादुर काठमाडौं आउँदा आउँदै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १४:२६
यसरी भागेका थिए टोपबहादुर काठमाडौं आउँदा आउँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी वैशाख तेस्रो साता नै काठमाडौं आउँदाआउँदै बीच बाटोबाटै फर्किएको खुलेको छ । त्यसपछि ११ दिनसम्म सम्पर्कविहीन भएका उनलाई प्रहरीले आइतबार बेलुकी बुढानीलकण्ठको पासिकोट क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ । टोपबहादुरविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यतिबेला अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका बेला उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएका थिए । त्यसपछि भैरहवा विमानस्थल हुँदै काठमाडौं जाने भनेर उनी बुटवलसम्म आएका थिए ।

त्यहाँबाट प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग उनले टेलिफोन गरी आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीबारे जिज्ञासा राख्दै आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नभएको जिकीर गरेका थिए । कुँवरले भने काठमाडौं प्रहरीमै आएर आफ्ना कुरा राख्न भनेका थिए । त्यसपछि काठमाडौं आउँछु भनेका उनी भैरहवा क्षेत्रबाटै सम्पर्कविहीन भएका थिए । तर टोपबहादुर सडकमार्ग हुँदै काठमाडौं आउँदै गरेको सूचना पाएर प्रहरीले निगरानी बढाएको थियो। काठमाडौं नपुग्दै प्रहरीले आफूलाई पक्राउ गर्ने सूचना पाएपछि उनी धादिङबाटै फर्किएका थिए। त्यसपछि चालक र एक जना सहयोगीमात्र टोपबहादुरको गाडीमा काठमाडौंतर्फ आएका थिए ।

प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘टोपबहादुरको गाडीलाई खानी खोला प्रहरीले रोकेको थियो । गाडीमा चालक र एक जना सहयोगीमात्र थिए । माननीय ज्यू खोइ त भनेर सोध्दा उहाँ बुटवलतिरै हुनुहुन्छ भनेर प्रहरीलाई भनिएको थियो ।’ काठमाडौं प्रहरी परिसरमा आफैं आउँछु र अनुसन्धानमा सघाउँछु भनेका टोपबहादुर फरार भएपछि उनलाई पक्रन प्रहरीमाथि दबाव बढेको थियो । केन्द्रीय समितिको बैठकमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीबाट दुर्व्यवहार हुने आशंका टोपबहादुरले व्यक्त गरेर सम्पर्कविहीन भएको जानकारी गराएका थिए । तर टोपबहादुर प्रहरीमा पुगेर अनुसन्धानमा सघाउनुपर्ने ओलीले बताएका थिए । केन्द्रीय समितिको बैठक अघि बसेको सचिवालय बैठकले टोपबहादुरलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

प्रहरीमा आत्मसमर्पण गर्न दबाव बढ्दै गएको बेला विशेष व्युरोको टोलीले टोपबहादुरलाई आइतबार बेलुका काठमाडौंको बुढानीलकण्ठस्थित एक व्यक्तिको घरबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई काठमाडौं प्रहरी परिसरमा ल्याउँदा प्रहरीले अधिकृतहरुले ठट्यौली शैलीमा ‘माननीय ज्यू यसरी हामीलाई दुःख नदिनुस् न’ भनेको स्रोतले बतायो । टोपबहादुरले पनि छोरा पक्राउ परेपछि आफूलाई नमजा लागेको बताएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले टोपबहादुरका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो ।

टोपबहादुरलाई प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउँदै छ । अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्