May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कुटपिटको विरोधमा डाक्टरहरुद्वारा रुपन्देहीमा प्रदर्शन

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १५:३६
कुटपिटको विरोधमा डाक्टरहरुद्वारा रुपन्देहीमा प्रदर्शन
  • चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोध
  • चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना
  • अपराध अन्तर्गत कारवाहीका लागि मुद्धा दर्ता

बुटवल ।।

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन संघसंस्थाहरुले चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना दिएङ्का हुन् ।

उनीहरुले आम्दाका मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र बस्यालमाथि हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अपराध अन्तर्गत कारवाहीका लागि मुद्धा दर्ता गर्न लागेको बताए ।

गुल्मी घर भई भैरहवा बस्ने भवानी रास्कोटीको सल्यक्रियाबाट सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो । उक्त घटनामा आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल सुपरिटेण्डेन्ट बस्यालमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका सात जना उपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको संघका सचिव डा. पोखरेलले बताए । प्रहरीबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको उनले बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले घटनाबारे कानुन बमोजिम कारवाही अघि बढ्ने बताए ।

निजी अस्पताल ब्यवसायी संघ (अफिन) लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरु उपचार गर्दासमेत पिटिनुपर्ने अवस्था आउनु दुखद भएको बताए । यस्तो विकृति रोक्नेतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उनले आम नागरिकले सहज उपचारको व्यवस्थामा ध्यान दिनुपर्ने बताए ।

अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माएको अर्को दिन मृत्यु भएकी सुत्केरी भवानी रास्कोटी मगरका आफन्तले शल्यक्रियाका क्रममा डाक्टरको लापरबाहीका कारण भवानीको मृत्यु भएको दाबी गर्दै क्षतिपूर्ति र पक्राउ परेका ७ जनालाई बिना शर्त रिहाई नभए अस्पतालको लापरबाहीविरुद्ध आन्दोलन गर्ने बताएका छन् । मृतककी आफन्त कल्पना पाँडे मगरले सामान्य हातपात भएकामा अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई आईसीयूमा राखेर लापरबाही ढाकछोप गर्न खोजिएकाले सत्य तथ्य छानबिन गरी यथार्थ बाहिर ल्याउन माग गरिन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।