April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

उत्तराखण्डमा सुरुङ भत्किँदा ३६ मजदुर फसे, उद्धार कार्य जारी

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० ११:४0
उत्तराखण्डमा सुरुङ भत्किँदा ३६ मजदुर फसे, उद्धार कार्य जारी

काठमाडौं- उत्तराखण्डको यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माण भइरहेको सुरुङ भत्किँदा काम गरिरहेका ३६ जना मजदुर फसेका छन्। मजदुरको उद्धार कार्य जारी रहेको छ।

यो सुरुङ उत्तरकाशी जिल्लाको सिल्कियारा र डण्डलगाउँ जोड्न निर्माण भइरहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्री पुष्कर धामीलाई फोन गरी उद्धार कार्यको जानकारी लिएका थिए।

सुरुङमा फसेका मजदुरहरु सकुशल रहेको अधिकारीहरुले बताएका छन्। उनीहरुलाई बाहिरबाट अक्सिजन पुर्‍याउने काम भइरहेको जनाइएको छ। तर, अलपत्र परेका मजदुरहरूसँग कुनै सम्पर्क भएको छैन।

उत्तरकाशीका सीओ प्रशान्त कुमारले सोमबार बिहान भने, ‘हामी भर्खर सुरुङभित्रबाट आएका हौँ। हामीले हिजो राति सुरुङमा फसेका मानिसहरूसँग सम्पर्क गरेका थियौं।’

‘हामीले यहाँ पानी र अक्सिजन आपूर्ति गर्ने राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडको पाइपलाइनमा वायरलेस मार्फत सम्पर्क गर्ने प्रयास गर्‍यौं। उहाँको सहयोगमा हामीले भित्र फसेका मानिसहरूसँग सम्पर्क गरेका छौं। उनीहरुले आफू ठिक रहेको बताएका छन्।’

अलपत्र परेका मजदुरमध्ये एक मात्र उत्तराखण्डका हुन्। बाँकी बिहार, पश्चिम बंगाल, यूपी, झारखण्ड, ओडिशा र हिमाचल प्रदेशका हुन्। सुरुङमा फसेका मजदुरको उद्दारका लागि राज्य प्रकोप उद्धार बलका उद्धारकर्मी, स्थानीय प्रहरी र प्रशासनसँग मिलेर काम गरिरहेका छन्।

सुरुङ नजिकैको फोहोर हटाउन जेसीबी र अन्य मेसिनको प्रयोग भइरहेको छ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।