May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० 0८:१४
सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाण्डाै – सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयको हिजो बिहीवार बसेको बैठकबाट भएको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ अनुसार १४ वटा निर्माण व्यावसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेर कारबाही गरेको हो । विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्नेमा सिरुवा कन्स्ट्रक्सन प्राली काठमाण्डौ, साहनी विल्डर्स रुपन्देही, भारत कन्स्ट्रक्सन मैनाचुली सिद्धिसाई जेभी काठमाण्डौ रहेका छन् । यी कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यस्तै आर. डी सप्लायर्स प्राली काठमाण्डौ, सुनौलो खिम्ती कन्स्ट्रक्सन काठमाण्डौ र एस कन्स्ट्रक्सन सिन्धुपाल्चोक दुई वर्षका लागि तथा थापा–ओम निलकण्ठेश्वर जेभी काठमाण्डौ एक वर्ष छ महिनाका लागि कालोसूचीमा परेको छ ।

यसैगरी वैष्णवी एन्ड लोकेन्द्र सप्लायर्स पर्सा, खहरेखोला इन्टरप्राइजेज काठमाण्डौ, टिम बिल्डर्स प्राली काठमाण्डौ, आईपी स्टेशनरी तथा जेनरल सप्लायर्स काठमाण्डौ, सार्थक निर्माण सेवा सुनसरी, सयपत्री निर्माण सेवा सुनसरी र आरोग्य बिल्डर्स एन्ड कन्स्ट्रक्सन प्राली काठमाण्डौलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले आज शुक्रवार निकालेको सूचनामा उल्लेख छ ।

कालोसूचीमा परेको अवधिभर उनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० 0८:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट