May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सोती घटना : आजदेखि जिल्ला अदालतमा निरन्तर सुनुवाइ

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:३0
सोती घटना : आजदेखि जिल्ला अदालतमा निरन्तर सुनुवाइ

काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले रातोपाटीलाई बताए ।

फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस थालेका हुन् । प्रतिवादीका तर्फबाट बहसका लागी ९ जना कानुन व्यवसायी अदालतमा पुगेका छन् । सरकारी वकिलको बहस पुरा भएपछि प्रतिवादीका कानुन व्यवसायीले जवाफ दिने अदालतका सूचना अधिकारी कोइरालाले जानकारी दिए ।

१० जेठ २०७७ मा पश्चिम रुकुमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक साथीहरू सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी आफ्नी प्रेमीका मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न सोती गाउँका पुगेका थिए ।

ठकुरी र दलित समुदायको बिचमा विवाह गर्नेबारे विवाद हुँदा गाउँलेहरू मिलेर नवराज र उनका साथीहरूलाई लखेटेर हत्या गरेका हुन् । ६ जनाको शव भेरी नदीमा फेला परेको थियो । अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । घटनामा संलग्न २३ जना प्रतिवादी थुनामा छन् । प्रतिवादी मध्ये दुई जना नाबालक छन् ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।