May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

अनियमित रुपमा बनेका गाडी ग्यारेज पोखरा महानगरले हटायो

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १६:४0
अनियमित रुपमा बनेका गाडी ग्यारेज पोखरा महानगरले हटायो
  • जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द
  • एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी
  • कवाडखानाहरुलाई २२ गतेसम्म स्थानान्तरण गर्न महानगरले निर्देशन

पोखरा ।।

पोखरा महानगरपालिकाले बसपार्कको जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द गरिदिएको छ । एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखाना हटाउन आग्रह गरे पनि अटेर गरेकाले बन्द गराएको महानगरपालिकाले जनाएको छ ।

‘बसपार्कको क्षेत्रमा बनेका ग्यारेज, मेटल सेन्टरहरुले ठूलो क्षेत्रफल खाएका थिए । गाडीहरु मर्मत गर्न राख्दा कुनैकुनै त महिनौं दिनसम्म पनि पार्किङ भएर बस्थे, अब त्यो समस्या रहँदैन’, महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तथा वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ।

बसपार्क क्षेत्रभित्र बनेका कवाडखानाहरुलाई २२ गतेसम्म स्थानान्तरण गर्न महानगरले निर्देशन दिएको छ । पछिल्ला वडाध्यक्ष तिमिल्सिनाले बसपार्क बाहिर पार्किङ निषेध गर्ने, सडकको देब्रे भागमा रेलिङ लगाउने, ढल निकासलगायतका काम पनि भइरहेको जानकारी दिए ।

‘पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको देब्रे भागमा रेलिङ लगाएका छौं । बसपार्कभित्र पनि ४० मिटर ढलान र फुटट्रयाक, मोभेबल शौचालय, काउन्टर लगायतको काम भइरहेको छ,’ तिमिल्सिनाले भने, ‘त्यसबाहेक कुन ठाउँ जाने बस कुन क्षेत्रमा बस्ने भन्ने गरी स्थान पनि तोक्दैछौं ।’

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।