April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

खेलाडीलाई जनही ३ लाख रुपैयाँ दुई दिनभित्रै दिन्छौं : खेलकुदमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १६:0४
खेलाडीलाई जनही ३ लाख रुपैयाँ दुई दिनभित्रै दिन्छौं : खेलकुदमन्त्री
  • यू-१९ क्रिकेट टिमका खेलाडीहरुले
  • पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने
  • टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा

काठमाडौं ।।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू-१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् । यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुदमन्त्रीलाई पनि बोलाएको थियो । कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले पूर्व घोषित पुरस्कार आए खेलाडीहरुलाई उर्जा मिल्ने बताएका थिए ।

खेलाडीहरुलाई शुभकामना दिने क्रममा मन्त्री लिम्बुले पुरस्कार रकम दुई दिनमै खेलाडीहरुको बै‌क खातामा पठाइने बताए । उनका अनुसार यसै कार्यक्रममा नै हस्तान्तरण गर्न सकिन्छ कि भनेर प्रयास भएको थियो । तर विभिन्न कारणले सम्भव नभएको भन्दै मन्त्री लिम्बुले भने, ‘अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । २ दिनभित्र खेलाडीहरुको खातामा पैसा आउँछ । उच्च मनोबलका साथ जानुस् ।’ यू-१९ विश्वकपमा छनोट भएपछि सरकारले टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट