May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

पारस खड्कासंग सन्दीप लामिछानेले गुनासो गरे

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० ११:३५
पारस खड्कासंग सन्दीप लामिछानेले गुनासो गरे
  • सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागे
  • आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन्
  • क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटे
  • भेटमा पनि सन्दीपले आफूलाई गाह्रो भइरहेको बताए

काठमाडौं ।।

क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् ।आइतबार साँझ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए ।त्यही कारण सोमबारका लागि काटिएको टिकट समेत रद्द गरिएको थियो । सोमबार साँझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए ।

त्यो भेटमा पनि सन्दीपले आफूलाई गाह्रो भइरहेको बताएका थिए । फैसला जे आएपनि छिटो आए सहज हुने उनको तर्क थियो ।पूर्व कप्तान समेत रहेका पारसले उनलाई सम्झाए । एसियाडमा क्रिकेट पदक ल्याउने सम्भावना भएको खेल भएकाले पनि सन्दीपले गएर खेल्नुपर्ने सचिव खड्काले बताएका थिए । यो छलफलपछि चीन जान राजी भएका सन्दीप मंगलबार बिहानै चीनतर्फ लागेका छन् । एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दै छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट