sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

म्याग्दीको प्राधिकरणले सुन्तलाघारीको नांगो तार हटाउँदै

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:३८
म्याग्दीको प्राधिकरणले सुन्तलाघारीको नांगो तार हटाउँदै
  • म्याग्दीको नांगो तार हटाउन थालियो 
  • नांगो तारका कारण दुर्घटनाको जोखिमले सुन्तला बोटमै 
  • प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने

म्याग्दी ।।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नांगो तार हटाउन थालिएको छ । सुन्तलाको बगैँचाभित्र रहेको विद्युतको नांगो तारका कारण दुर्घटनाको जोखिम बढेको थियो ।

नांगो तारका कारण किसान बगैँचामा पस्न डराउने गरेका थिए । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले सुन्तला बगैँचाभित्र रहेको नांगो तार हटाउन थालेको दोसल्लेका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले जानकारी दिइन् । उनका अनुसार नांगो तार हटाएर राखिने एबीसी केबुल तारसहित मजदुर र प्राविधिकको टोली बुधबार दोसल्ले पुगेको छ ।

“सुन्तलाको हाँगाले नांगो तार छोएकाले बगैँचाभित्र पस्न जोखिम थियो”, उनले भनिन् । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने काम सुरु भएको हो । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बरालले दोसल्लेमा एक किलोमिटरभन्दा बढी वितरण लाइनको नांगो तार हटाएर एबीसी केबुल राख्न थालिएको बताए ।

दोसल्लेमा पूरै गाउँमा सुन्तलाखेती गरिएको छ । नौ हजार सुन्तलाका बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नांगो तारले हाँगा छुन थालेको थियो । “सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ”, दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष प्रेम पाइजाले भने, “तारमा छोइएर सुन्तलाका बोट मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्न डर छ ।”

सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नांगो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नांगो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका छन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताए ।

स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नांगो तार हटाएर एबीसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गर्दैआएका थिए । अन्नपूर्णको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युतको तार व्यवस्थापन गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid