April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपाललाई पनि सताउन सक्ने

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १४:0१
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपाललाई पनि सताउन सक्ने
  • कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटियो
  • संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम
  • नेपालमा सर्तक हुनुपर्ने जनस्वास्थ्य विज्ञको अनुरोध 

काठमाडौं ।।

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ । जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए । डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो ।

विश्व स्वास्थ्य संगठनको अनुसार नयाँ भेरिएन्टको संक्रमण ज्वरो, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, र पेट दुख्ने र पखाला जस्ता लक्षण देखिन्छन् । कोरोना भाइरसले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सर्तक हुनुपर्ने जनस्वास्थ्य विज्ञ बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्ट अहिलेसम्म पुरानै ओमिक्रोन भेरियन्ट पत्ता लगाएको छ । तर, भारतमा पनि नयाँ भेरियन्ट पुष्टि हुनुले नेपालमा पनि जोखिम थपिएको भन्दै अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको उनले बताए । उनका अनुसार नोभेम्बरमा रिपोर्ट गरिएका पोजिटिभ केसका जिन सिक्वेन्सिङको रिपोर्ट भोलि (बिहीबार) आउनेछ ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।