April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

डा. केसीको अनशनमा अवरोध

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:१८
डा. केसीको अनशनमा अवरोध
  • प्रदेशवासीको भावनासँग मेल नखाएकाले अनसन बस्न अवरोध 
  •  गेटा मेडिकल कलेजमा अनसन दिइएन 
  • केसीको विरोधमा धनगढीमा प्रदर्शन

धनगढी ।।

गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले डा‍. गोविन्द केसीको माग प्रदेशवासीको भावनासँग मेल नखाएकाले अनसन बस्न अवरोध गरेको प्रष्टीकरण दिएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शय्याको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशबासीको माग रहे पनि केसी आफूहरुको मागको पक्षमा नरहेकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको बताएको हो ।

संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले भने, ‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन् । अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना र हाम्रो आन्दोलनको मर्म विपरीत गएकाले त्यहाँ(गेटा) मा अनसन बस्न नदिएकै हो ।’ केसीले मेडिकल विश्वविद्यालयको मुद्दालाई विषयान्तर गर्न खोजेको आरोप लगाए । संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले डा. केसीलाई ६०० शय्याको अस्पतालसहितको मेडिकल विश्वविद्यालय स्थापनाको माग समेट्न आग्रह गर्दा आफू विश्वविद्यालयको पक्षधर होइन भनेपछि अनसनमा अवरोध गरेको बताए ।

‘हामीले ६ सय शय्याको अस्पतालसहितको विश्वविद्यालयको माग पनि समेट्नुपर्‍यो भनेका थियौँ तर उहाँले म विश्वविद्यालय पक्षधर होइन, म यो माग हाल्दिन भन्नुभयो’, पाण्डेले भने, ‘उल्टै हामीलाई प्रहरी प्रशासनले लगाएका मान्छे  हौ भनेर तुच्छ व्यवहार गर्नुभयो । त्यहाँबाट हामीले लखेटेको होइन । सुदूरपश्चिमको  मुद्दामाथि धावा बोलेपछि हाम्रो क्षेत्रमा बस्न दिदैनौं भनेकै हो ।’ सुदूरपश्चिममा राष्ट्रिय गौरवका पश्चिम सेती लगायतका परियोजना पूरा नभएका बेला सरकारले मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अघि बढाएर प्रदेशबासीलाई न्याय गरेको उनको भनाइ छ ।

शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न खोजेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीलाई संघर्ष समितिले अनसन बस्न अवरोध गरेको थियो । त्यसपछि उनी शुक्रबार साँझ नै  धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसेका छन् । डा. केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग अगाडि सारेका छन् ।

१०० शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरु विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्ड सहित कानुनी व्यवस्था गर्ने; ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग राखेका छन् ।

विगतमा भएका आफूसँग भएका सहमतिको पालना, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्नुपर्ने माग पनि उनको छ ।यस्तै सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने उनको माग छ । तर सुदूरपश्चिममा सरकारले स्थापना गर्न खोजेको मेडिकल विश्वविद्यालयको विरोध गरेको भन्दै शनिबार केसीको विरोधमा धनगढीमा प्रदर्शन समेत भएको थियो ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट