November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अन्तिम दिन ओलीको संकल्पयात्रा हेलिकोप्टरमा

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १२:३३
अन्तिम दिन ओलीको संकल्पयात्रा हेलिकोप्टरमा
  • संकल्पयात्राको अन्तिम दिन हेलिकोप्टरको प्रयोग
  • महासचिव शंकर पोखरेललगायत नेताले हेलिकोप्टर प्रयोग  
  • कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने

काठमाडौं ।।

एमालेको झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताले हेलिकोप्टर प्रयोग गरेका छन् । पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकोप्टर प्रयोग गरेका हुन् ।

काठमाडौंबाट मगाइएको हेलिकोप्टरमा पहिलो खेप वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेता चिवाभन्ज्याङ पुगे । दोस्रो खेपमा ओली र महासचिव पोखरेल उडेको स्थानीय सन्चारकर्मी दिपक बोहराले जानकारी दिए ।संकल्पयात्राभरि गाडी प्रयोग गरेका ओली र नेताले अन्तिम दिन हेलिकोप्टरमा उडेका हुन् । कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्