sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वैदेशिक रोजगार विभाग दुई सातादेखि महानिर्देशकविहीन

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १५:५६
वैदेशिक रोजगार विभाग दुई सातादेखि महानिर्देशकविहीन

काठमाडौँ । वैदेशिक रोजगार विभाग दुई सातादेखि महानिर्देशिकविहीन बनेको छ । मदन दाहालको गत मङ्सिर २२ मा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा गरिएको थियो ।

उनको सरुवा भएदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म अर्को महानिर्देशन पठाउन सकेको छैन । महानिर्देशक नहुँदा विभागको दैनिक प्रशासनिक कार्यका साथै ठगी तथा वैदेशिक रोजगारीका उजुरीबारे काम हुन सकेको छैन ।

सेवाग्राहीहरूले महानिर्देशकबाट गर्नुपर्ने निर्णयका लागि सास्ती खेप्दै आएका छन् । मन्त्रालयले हालसम्म कसलाई महानिर्देशक बनाएर पठाउने भन्नेमा टुंंगो लगाउन सकेको छैन । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अहिलेसम्म कसलाई पठाउने भन्नेबारे निर्णय नभएको बताए ।

‘मन्त्रीज्यू अहिले बिरामी हुनुहुन्छ । उहाँले कसलाई पठाउनुहुन्छ । त्यो हामीलाई जानकारी हुने कुरा भएन । चाँडै पठाउनुहुन्छ होला’ घिमिरेले भने ।

मन्त्री र महानिर्देशकबिच मतभेद सुरु भएपछि मन्त्री शरतसिंह भण्डारीले दाहालको सरुवा गरेका थिए । पछिल्लो समय विभागले गर्दै आएका निर्णयहरूमा मन्त्री भण्डारीले हस्तक्षेप गर्दै आएका छन् ।

विभागले वैदेशिक रोजगारीमा हुने ठगीबारे निर्णय गर्दा मन्त्री भण्डारीले कारबाही फुकुवा गर्दै आएका थिए । जसले गर्दा मन्त्री र महानिर्देशकबीच मतभेद सुरु भएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid