May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

अम्रिसाेको भाउ बढेपछि धनकुटाका किसान खुसी

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० ११:२९
अम्रिसाेको भाउ बढेपछि धनकुटाका किसान खुसी

गएकाे वर्षको तुलनामा यस वर्ष अम्रिसाेको भाउ बढेपछि धनकुटाका किसान खुसी भएका छन् । धरानमा रहेकाे कृषिउपज बजारका अनुसार यस वर्ष अम्रिसाे प्रतिकेजी एक सय ५० रुपैयाँ मा किनबेच भइरहेको छ ।

गएकाे वर्ष यही समयमा प्रतिकेजी एक सय रुपैयाँसम्ममा बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पूर्वी पहाडी भेगका प्रायजसाे कृषक व्यावसायिक अम्रिसाे खेतीमा आकर्षित भएका छन् । अम्रिसाेको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

वर्षमा एकपटक उत्पादन हुने अम्रिसाे तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईले बताउनुभयो । एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्रिसाे बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । ओरालो र भिरालो ठाउँमा अम्रिसाेको उत्पादन राम्रो हुने उहाँको भनाइ थियो ।

कुनै सयम बिक्री नभएर वस्तुचौपायालाई खुवाउने गरेकाेमा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्रिसाे खेतीतर्फ आकर्षित हुन थालेका धनकुटाका व्यापारी राजकुमार राईले बताउनुभयो । ‘केही समय अगाडि प्रतिकेजी ९० रुपैयाँदेखि एक सयसम्ममा बिक्री हुने अम्रिसाे अहिले बढेर एक सय ५० रुपैयाँसम्म पुगेको छ’, उहाँले भन्नुभयो, ‘उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ ।’

केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ थियो । ‘जुन वर्ष अम्रिसाेबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ । अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छ’, उहाँले भन्नुभयो । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेका उहाँले बताउनुभयो ।

यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्यवृद्धि भएपछि किसान खुसी छन् । मूल्य बढेसँगै उत्पादित सबै अम्रिसाे निकालेर बेच्न शुरु गरिएको व्यापारी राईले बताउनुभयो । मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उहाँको भनाइ थियो । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्रिसाे खेतीतर्फ आकर्षित हुन्।

थोरै लगानी र मेहनतमा प्रशस्त आम्दानी हुन थालेपछि कृषकले धेरै क्षेत्रफलमा अम्रिसाे खेती गर्न थालेका कृषिउपज बजारस्थलका व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्रिसाेको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ । अम्रिसाेको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका उहाँले बताउनु भयाे ।

‘अम्रिसाेलाई प्रशाेधन गरेर पठाउन सके अझ प्रभावकारी हुन्छ । व्यवस्थापनमा आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ’, व्यवस्थापक भट्टराईले भन्नुभयो । यहाँ भारतीय व्यवसायी आफैँ आएर लैजाने गरेकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो ।

वर्षमा ४५ देखि ५० मेट्रिकटनसम्म अम्रिसाे बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएकाे उहाँले बताउनु भयाे ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट