May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत

राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता लेखा समितिले पनि हेर्न पाउनुपर्छ : योगेश भट्टराई

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १४:१३
राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता लेखा समितिले पनि हेर्न पाउनुपर्छ : योगेश भट्टराई
  • राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता सार्वजनिक लेखा समितिले पनि हेर्न पाउनुपर्ने
  • ‘आईएनजीओ र एनजीओले नेपालमा गर्ने खर्च पनि पारदर्शी हुनुपर्ने 
  • निर्णयकर्ता मन्त्री र सचिव तथा कार्यान्वयनकर्ताहरु  जिम्मेवार हुनुपर्ने 

 काठमाडौं।।

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता सार्वजनिक लेखा समितिले पनि हेर्न पाउनुपर्ने बताएका छन् ।साथै उनले एनजीओ र आईएनजीओहरुले नेपालमा गर्ने खर्च पारदर्शी बनाउन त्यसलाई बजेटरी सिस्टममा ल्याउनुपर्ने समेत बताए । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा भट्टराईले भने, ‘आईएनजीओ र एनजीओले नेपालमा गर्ने खर्च पनि पारदर्शी छैन । ठिक छ, नेपालमा सहयोग आउनुपर्छ तर त्यसलाई नेपालको बजेटरी सिस्टममा ल्याउनुपर्छ ।’

उनले नेपालका राजनीतिक दलहरु कसरी चलेका छन् भनेर थाहा पाउन उनीहरुको बैंक खाता सार्वजनिक लेखा समितिले हेर्न पाउनुपर्ने समेत बताए । उनले भने, ‘दलहरू कसरी चलेका छन् ? यस आधारमा धेरै विषय प्रभावित हुन्छन् । राजनीतिक दल सम्बन्धी ऐन संशोधन हुँदै छ भन्ने सुनिन्छ । अब लेखा समितिले हामीले राष्ट्रिय दलको मान्यता प्राप्त दलको अकाउन्ट हेर्नुपर्छ । यसतर्फ गम्भीर बनौं ।’

बेरुजुमाथिको छलफलका क्रममा उनले निर्णयकर्ता मन्त्री र सचिव तथा कार्यान्वयनकर्तालाई समेत जिम्मेवार बनाउनुपर्ने बताए । ‘मन्त्रीको पालामा के भयो, के कति बेरुजु छ, त्यो सम्बन्धित दलमा पठाऔं,’ भट्टराईले भने, ‘ताकी दलमा पनि जिम्मेवार हुन सक्छ र आगामी जिम्मेवारीका सन्दर्भमा दललाई निर्णय लिन सहज हुन्छ ।’ उनले अगाडि भने, ‘निर्णयकर्ता कि मन्त्री हुन्छ कि सचिव हुन्छ । सचिवको पालामा अनियमितता हुन्छ, बेरुजु हुन्छ तर त्यही रिटायर्ड भएपछि राजदूत हुन्छ, संवैधानिक निकायमा जान्छ वा अन्य नियुक्ति लिन्छ ।’

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट