May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

५० करोडभन्दा माथिको हाम्रो जस्तो संकल्प यात्रा अरु कुनै पार्टीले गर्न सक्दैन : ओली

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १५:३३
५० करोडभन्दा माथिको हाम्रो जस्तो संकल्प यात्रा अरु कुनै पार्टीले गर्न सक्दैन : ओली
  • यात्रा जस्तो कार्यक्रम अरु कसैले गर्न नसक्ने जिकिर
  • खर्च व्यवस्थापन गरिएको भए ५० करोडभन्दा माथि पुग्ने
  • खाना खर्च  ३ लाख ९८ हजार ३३२ मध्ये एक लाख ८४ हजार ६७०

काठमाडौं ।।

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले झुलाघाट- चिवाभञ्याङ संकल्प यात्रा जस्तो कार्यक्रम अरु कसैले गर्न नसक्ने जिकिर गरेका छन् । उनले मंसिर १४ देखि पुस १ गतेसम्म सञ्चालन भएको अभियानको खर्चबारे पत्रकारको प्रश्नमा त्यस्तो बताएका हुन् । “केन्द्रीकृत गर्ने हो भने आश्चर्यजनक हो,” ओलीले जिकिर गर्दै भने, “एमालेबाहेक अरु कसैले यस्तो कार्यक्रम गर्न सक्दैन ।”

उनले केन्द्रीय तहबाट नै खर्च व्यवस्थापन गरिएको भए ५० करोडभन्दा माथि पुग्ने बताए । “यस्तो यात्रा केन्द्रीय तहबाट, सरकारी तबारबाट गर्ने हो भने कति करोडको खर्च पुग्छ पुग्छ भनिसाध्य छैन । ५०औँ करोडभन्दा माथि जान सक्छ ?,” ओलीले भने । तर, एमालेले खर्चका लागि कार्यकर्तामा नै भर परेको सुनाए ।

“हामी जम्माजम्मी जनतामा भरपर्यौं । कार्यकर्तामा भर पर्यौं । तलै भर पर्यौं । उहाँहरूले म्यानेज गर्नुभयो । प्रदेश कमिटीले सहयोग गरे । जिल्ला -जिल्लाले सहयोग गरे,” उनले भने । उनले धादिङको सल्यानटारमा भएको खाना खर्चको उदाहरण दिए । “धादिङको सल्यानटारमा खानामा भएको खर्च तीन लाख ९८ हजार ३३२ मध्ये एक लाख ८४ हजार ६७० बराबरको खाद्यान्न, तरकारी, फलफूल जनसहभागिताबाटै जुटाइएको थियो,” ओलीले सुनाए ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट