April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० 0८:३६
अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

काठमाडौं । वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुन्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।

गोरखाका ३० वर्षीय एक पुरुषका अनुसार उनी साथीमार्फत बियर कम्पनीमा मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रलोभनमा परी एक वर्षअघि लाओस पुगेका थिए । उनलाई ६० हजार रुपैयाँ लागतमा लाओस पुन्याइने भनिएको थियो ।

‘६० हजार रूपैयाँमा लाओस जान पाइने भएपछि परिवारमा कुरा राखें । सबै खुसी नै भए चिनजानका साथीहरूलाई खबर गर्दा उनीहरू पनि लाओस जान तयार भए । एजेन्टले वैधानिक तवरले नै लाओस लैजाने विश्वास दिलाएका थिए । लाओस पुगेपछि मात्र थाहा भयो, हामी त चक्नाचुर भएका रहेछौं भन्ने कुरा,’उनले भने ।

‘लाओस जान काठमाडौँमा मागअनुसार पैसा र राहदानी एजेन्टको हातमा बुझाएका थियौं,’ उनले भने, ‘पैसा र राहदानी बुझाएको केही दिनमा नै हामी पाँचैजनालाई अंग्रेजी भाषामा पालैपालो चिनियाँ एक नागरिकले ठमेलमा अन्तर्वार्ता लिए। एजेन्टले सामाजिक सञ्जालमार्फत हामीहरू पास भएको खबर दिएपछि धेरै खुसी भयौं । तर त्यो खुसी धेरै दिनलाई रहेनछ ।’

उनका अनुसार एजेन्टले लाओस पुन्याउन प्रतिव्यक्ति ६० हजार रुपैयाँ लिएका थिए र बाटो खर्च छुट्टै बोक्न भनेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० 0८:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।