May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

२४ घण्टाभित्र २४१ जनाको मृत्यु

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १0:२५
२४ घण्टाभित्र २४१ जनाको मृत्यु
  • २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु
  • ३८२ जना घाइते 
  • इजरायलले गाजामा विशेष सैन्य अपरेसन चलायो 

 काठमाडौं ।।

इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । ३८२ जना घाइते भएका छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो । शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए । इजरायलले गाजामा विशेष सैन्य अपरेसन चलाएको छ । उसले एक हप्तायता खान युनिस क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । सोमबार इजरायली सुरक्षा बललले नुसिरत, मागजी, बुरेजी लषयतका क्षेत्रमा आक्रमण गरेका थिए ।

इजरायलका राष्ट्रपति बेन्जामिन नेतन्याहुले शान्तिका लागि हमासको अन्त्य जरुरी रहेको भन्दै आक्रमण जारी रहने बताएका छन् । उनले हमासबाट प्यालेस्टिनी आतंकवादीबाट मुक्त बनाउने दाबी गरेका छन् । तर संयुक्त राष्ट्र संघले भने इजरायलको आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका प्रवक्ता सेफ मागांगेका अनुसार इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा सडकमा भारी क्षति पुगेकाले एम्बुलेन्स र राहत सामग्री पठाउन पनि गाह्रो भइरहेको छ ।

हमासले गत ७ अक्टुबरमा इजरायलमा आक्रमण गरेपछि त्यसको जवाफ स्वरुप इजरायलले हमासको प्रभाव क्षेत्र मानिने गाजामा आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणबाट २१ हजार जनाको मृत्यु भइसकेको र ५४ हजारभन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ । यसमा दुई तिहाइभन्दा बढी महिला र बालबालिकाहरु छन् । यसैगरी इजरायलतर्फ १६० जना सैनिकको ज्यान गएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।