May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

नभएको वडालाई बजेट विनियोजन

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:२२
नभएको वडालाई बजेट विनियोजन

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई बजेटमा उपेक्षा गरेको आरोप लागिरहेको बागमती प्रदेशले यो पटक हेटौँडा उपमहानगरपालिकाको हुँदै नभएको वडालाई बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर २० र २२ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बजेट पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुनेगर हेटौँडा २० र २२ जोडने कर्रा खोला पुल निर्माणको लागि भन्दै बजेट विनियोजन गरेको हो ।

हेटौँडाको १९ वडाहरूमा समानुपातिक बजेट विनियोजन नगरेको आरोप खेप्दै आएको सरकारले हुँदै नभएको वडामा बजेट विनियोजन गरेपछि थप विवादमा तानिएको हो ।

हेटौँडाका वडाध्यक्षहरूले बागमती प्रदेश सरकारले बजेट निर्माण गर्दा लापरबाही गरेको भन्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री सहित मन्त्रीहरू सम्मीलित कार्यक्रममा कालोझण्डा देखाउने देखि बहिस्कार गर्ने समेत चेतावनी दिँदै आएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।