May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय सम्बन्धी प्रदर्शनी

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १0:0७
भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय सम्बन्धी प्रदर्शनी

काठमाण्डाै – नेपाल जग्गा तथा आवास विकास सङ्घले काठमाण्डौमा आजदेखि चार दिनसम्म घरजग्गा व्यवसायसँग सम्बन्धित प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आयोजना गर्दैछ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको प्रदर्शनी यस वर्ष भृकुटीमण्डपमा हुन लागेको हो ।

मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, गाडी, सजावटका सामान र बीमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शन गरी यससम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने सङ्घले जनाएको छ ।

भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टकासाथै बैंक र बीमा कम्पनीको ६० वटा स्टल रहने छ । मेलामा २ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने सङ्घले लक्ष्य लिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्