May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० 0९:४0
झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

झापा । झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटर साइकल चालक कन्काई नगरपालिका–८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ ।

शनिबार साँझ भएको दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । साँझ ६ बजे पिकनिक गएर इलामबाट फर्कँदै गरेको धरान–विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ ख ९०१४९ नम्बरको बससँग मे १ प ७२४८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते छन् । दुर्घटनामा परी कन्काई नगरपालिका–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी–७ का सागर माझी घाइते भएका छन् ।

  • साझा परिवेश
  • -