May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

इन्द्रचोकमा अवस्थित आकाश भैरवको मन्दिरका लस्सी पसलहरु हटाइए

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० 0९:३६
इन्द्रचोकमा अवस्थित आकाश भैरवको मन्दिरका लस्सी पसलहरु हटाइए

काठमाडौं । इन्द्रचोकमा अवस्थित आकाश भैरवको मन्दिर मुनि रहेको पसलहरु हटाइएको छ। गत बिहीबार झन्डै १७ वर्षअघिदेखि सञ्चालन भइरहेको पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए। ‘असोज १५ गते हटाउने सम्झौता भए पनि पसलेहरूले १८ गतेदेखि पूर्ण खाली गराइदिनुभएको थियो,’ उनले भने।

‘आकाशका देवता’ मानिने इन्द्रचोकको बीचमा रहेको आकाश भैरवको मुर्ति र मन्दिर सबैभन्दा प्रसिद्ध मन्दिरको रुपमा लिइन्छ । आकाश भैरवमुनि चार वटा लस्सी पसल सञ्चालनमा थिए । चार वटै लस्सि पसल हटाएर हाल जुत्ता र माेबाइल पसल सञ्चालनमा ल्याइएकाे छ।

मन्दिर सञ्चालन समितिले बार्षिक १८ हजार भाडा लिने गरिएको बताउने गरे पनि पसल संचालकहरुसंग बुझ्दा मासिक २५ देखि ८० हजार सम्म भाडा लिने गरेको खुलेको छ । मन्दिर द्वारा संचालित पसलहरु दर्ता भए नभएका बिषयमा समेत समितिका पदाधिकारीहरु अनभिज्ञ रहेको बताउछन ।

मन्दिर मुनि जुत्ता पसल

प्रसिद्ध आकाश भैरवको मन्दिर मुनि धार्मिक सर सामग्रीकै व्यापार व्यवसाय गरिनु पर्ने स्थानीयको माग हुदा हुदै पनि आकाश भैरव सञ्चालन समितिका पदाधिकारीहरुले मनोमानी ढंगमा जुत्ता चप्पल लगायतका पसल राख्न दिएकोमा स्थानीय रुष्ठ छन् ।

दर्ता बिनाको मोबाइल पसल

आकाश भैरव सञ्चालन समितिले नै भाडामा लगाएको मोबाइल पसल दर्ता नै नगरी संचालन गरिरहेको पुष्टि भएको छ । विगत ४ बर्ष देखि आकाश भैरवको मन्दिरमा संचालित मोबाइल पसल प्यान, भ्याट कतै पनि दर्ता नभई संचालन गरिरहेको तथा मन्दिर सञ्चालन समितिलाइ मासिक ८० हजार तिर्दै आइरहेको स्रोतले बताएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट