April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

केकमा गाजा मिसाएर बेच्ने एक युवक पक्राउ

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० १५:२६
केकमा गाजा मिसाएर बेच्ने एक युवक पक्राउ

केकमा गाँजा मिसाएर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण ब्युरोले गत शुक्रबार काठमाडौं महानगरपालिका-१९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले घट्टेकुलोबाट पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए।

इन्स्टाग्राम bamb.oong_nepal नामको अकाउन्ट बनाएर गाँजा मिसाएर मफिन लगायत केक बनाएर बिक्री गरिरहेको भन्ने सूचना ब्युरोले पाएको थियो। उक्त सूचनापछि प्रहरी उनको कोठामा पुगेको थियो।

त्यहाँबाट प्रहरीले गाँजाको १२१ ग्राम धुलो, तयारी अवस्थाको केकको १७८ ग्राम झोल, ३ किलो ७५४ ग्राम गाँजा, एउटा डिजिटल तराजु, एउटा ओभन, एटिएम, लगायत बरामद गरेको छ।

पक्राउ परेका विशनले आफ्नो घरमा एक वर्षदेखि गाँजा मिसावट गरिएका केक बनाएर अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले बताए। उनको इन्स्टाग्राम पेजमा ६१४ जना फलोअर्स समेत छन्।

अनुसन्धानको क्रममा उनले गाँजाको केकको मेनु नै बनाएको पनि खुलेको छ।

द इपिपहेन्सी ब्रेड, ह्यापी कप्स, बज लाइटीयर, न्यास्टी क्यान्डी लगायत नामका केकहरू बनाएर बेच्ने गरेको पाइएको हो। यसरी उनले केक बनाएर इनड्राइभमार्फत बेच्ने गरेको पनि प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट