May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १४:५७
कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिकारीको प्रस्तावकका प्रदेशसभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन् । कोइरालाको प्रस्तावकमा रामप्रसाद मेहता र समर्थकमा शिला दीक्षित कार्की छन् । यसअघि सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महिलामा माओवादीका केन्द्रीय सदस्य ओखलढुंगाकी चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

फागुन २१ गते रिक्त हुने कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले सो पदमा निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ छ । एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।