May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १५:२८
भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ

विराटनगर । ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका–६ बाट आइतबार राति पक्राउ पर्नेमा भारतीय नागरिक अरविन्द कुमार र कोशी गाउँपालिका–५ का महोमद सागर मियाँ छन् । को २ त ६८९० नम्बरको ट्याक्टरमा राखेर गाँजा भारततिर लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए ।

८ वटा बोरा र ससाना पोकाहरुमा राखेर गाँजा ट्याक्टरमा लोड गरिएको पाइएको थियो । उक्त गाँजा पहाडी जिल्लाबाट सुनसरी ल्याएर भारत तस्करी गर्न लागिएको पाइएको प्रहरीको भनाइ छ ।

  • साझा परिवेश
  • -