काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेताहरुलाई १६ माघमा अनिवार्य आ–आफ्नो वडामा पुग्न निर्देशन दिएका छन् ।
सहिद दिवसको अवसर पारेर १६ माघमा कांग्रेसले ६ हजार ७४३ वडामा कार्यक्रम गर्ने भएकाले उक्त दिन क्रियाशील सदस्यता भएको आफ्नो वडामा अनिवार्य पुग्न थापाले निर्देशन दिएका हुन । ७८औं पार्टी स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रम उनले देउवालाई पनि वडामा जान आग्रह गरे । ‘चाहे सांसद, मन्त्री हुनुहोस्, चाहे सभापति हुनुहोस्, चाहे भातृ संस्थाको प्रमुख हुनुहोस् । त्यो दिन सहिदलाई सम्झनको निम्ति जहाँको क्रियाशील सदस्य हो, त्यही पुग्नुपर्दछ,’ थापाले भने ।
सहिद दिवसको दिनमा काठमाडौंमा देखिए कार्यक्रममा नपुगेको मानिने उनले बताए ।