April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

पूर्वसैनिक सचिव विवेक शाहको अर्को पुस्तक आउँदै

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १५:0७
पूर्वसैनिक सचिव विवेक शाहको अर्को पुस्तक आउँदै

काठमाडौं । तत्कालिन राजा बीरेन्द्रका सैनिक सचिब विवेक कुमार शाहको राजदरबार सम्बन्धी अर्को पुस्तक चाँडै सावैजनिक हुने भएको छ । शाहले यसअघि दरबारसँग सम्बन्धित एउटा पुस्तक प्रकाशन गरिसकेका छन् ।

राजदरबार हत्याकाण्ड भएका बेला राजाको सैनिक सचिव रहेका शाहले पहिलो पुस्तकमा दरबारका अन्तरकथाको चर्चा गरेका छन् ।
चर्चामा रहेको त्यो पुस्तक मैले देखेको दरबारका लेखक, पूर्वसैनिक सचिव एवम् रथी शाहको नयाँ पुस्तक दरबारबाट देखेको नेपाल फागुन १२ गते शनिबार सार्वजनिक हुने भएको छ ।

उनले यस पुस्तकमा राजदरबारमा विभिन्न ओहोदामा रहँदा, देखेका, सुनेका र अनुभूत गरेका विषयवस्तुलाई समावेश गरेका छन् । साथै, उनले आफ्नो अप्रत्याशित अवकाश र सेवामा रहँदाका केही महत्वपूर्ण सन्दर्भहरु समेत समेटेका छन् ।

पहिलो पुस्तकमा दरबारभित्रका अनेकन रहस्य उदघाटन गरेका उनले यस पुस्तकमार्फत भने राजदरबारबाट बाहिर चियाउने प्रयास गरेका छन् । तीन राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र) को राजकाज र कार्यशैलीलाई नजिकबाट नियालेका उनले पुस्तकमा तीन राजाका कार्यकालमा दरबारले देशलाई हेर्ने दृष्टिकोणबारे बताउने प्रयास गरेका छन् ।

देशको भौगोलिक अवस्था, राजनीतिक, आर्थिक, प्रशासनिक र सामरिक फाँटका अनेक प्रसङ्ग उजागर गर्दै लेखक शाहले निश्चित परिधिमा रहेका मानिसबाहेक अरुले थाहा नपाएका जानकारीसमेत यस पुस्तकमार्फत सार्वजनिक गरेका छन् ।

सक्रिय राजतन्त्र हुँदा पञ्चायती व्यवस्थाका समर्थकले र संवैधानिक राजतन्त्र हुँदा जनप्रतिनिधिहरुले गर्ने क्रियाकलापलाई दरबारले कसरी हेर्थ्यो भन्ने प्रसङ्गहरु यस कृतिका चाखपरक पक्ष हुन् ।

समग्रमा दरबार, राजनीतिक दल र तिनका नेताहरुबीचको शंका–स्वार्थहरुलाई यस पुस्तकमा सम्झनाका तरेलीमार्फत उतारिएको छ ।
नेपालको राजसंस्थाबारे जान्न चाहने स्वदेशी, विदेशी पाठकहरु र इतिहासका विद्यार्थीहरुलाई यस पुस्तकबाट केही जानकारी अवश्य मिल्नेछ भन्ने अपेक्षा राखेको लेखक शाहले बताएका छन् । अन्वेषक ठमनाथ घिमिरेले सम्पादन गरेका यो पुस्तक सांग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट