April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै

पाथिभरा(मुकुम्लुङ)मा केबलकार राख्न नहुने भन्दै प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १८:४४
पाथिभरा(मुकुम्लुङ)मा केबलकार राख्न नहुने भन्दै प्रदर्शन

गणेश कुमार श्रेष्ठ

ताप्लेजुङको पाथिभरा(मुकुम्लुङ)मा केबलकार राख्न नहुने भन्दै सोमबार फुङलिङ बजारमा प्रदर्शन भएको छ ।

केबलकार निर्माणले सो क्षेत्रको बन जंगल विनास हुने तथा पर्यावरणमा असर पुग्ने र प्रसिद्ध धार्मिक स्थल डेटिङ स्पटमा परिणत हुने, मुन्धुमी स्थलको अतिक्रमण हुने जस्ता तर्क अगाडि सारिएको छ ।

मुकुम्लुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा समिति लगायतका संघ संस्थाहरुको संलग्नतामा उक्त प्रदर्शन भएको थियो ।

प्रदर्शनमा हरियो वन नेपालको धन, मुकुम्लुङ बचाऔं, विकासको नाममा पवित्र धार्मिक स्थल व्यापारिक केन्द्र बनाउन पाइन्दैन, मुकुम्लुङ क्षेत्रमा केबलकार चाहिंदैन जस्ता कार्डहरु प्रयोग गरिएको थियो ।

उता पाथिभरा(मुकुम्ल्ङ) केबलकार निर्माण कम्पनीका अध्यक्ष चन्द्र ढकालले सहज बातावरण बने १३ महिनामा केबलकार निर्माण सम्पन्न गरिसक्ने जनाएका छन् ।

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १८:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट