sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल बिरामीलाई सास्ती चिकित्सकलाई मस्ती

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:१९
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल बिरामीलाई सास्ती चिकित्सकलाई मस्ती

मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ ।

अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि चिकित्सक भने बिरामीको सेवाका लागि लामो समयसम्म नबस्ने गरेको बिरामीको गुनासो छ ।

सामान्य रोगको उपचार गर्न जाँदा चिकित्सक लामो समयसम्म नबसेका तथा नभेटिएका कारण आफू पटकपटक धाउन बाध्य भएको सुन्दरहरैँचा–७ निवासी बिरामी शम्भु विश्वकर्माले बताउनुभयो । आफू जस्तै दैनिक ज्यालादारी गरेर खानेलाई सामान्य उपचारका लागि पनि पटकपटक अस्पताल धाउँदा समस्या हुने गरेको विश्वकर्माको भनाइ रहेको छ ।

अस्पतालमा दैनिक रूपमा तीन सय बढी बिरामी उपचारका लागि पुग्छन् । बिरामीले काउन्टरमा बिल काटेर डाक्टरलाई जाँच गराउन, रिर्पोट बुझाउँन जाँदा अधिकांश चिकित्सक नभेटिने, हिँडिसकेको हुने स्थानीय सेवाग्राही केशव ओझाले बताउनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालय आठ सय पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । उपचारका लागि विभिन्न विभाग भए पनि चिकित्सक समयसम्म नबसेका तथा नभेटिएका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको स्थानीय शिक्षासेवी चोलाराज पोखरेलले बताउनुभयो ।

बिरामी भएर अस्पताल जाँदा पालो कुर्दाकुर्दै काम सकेर चिकित्सक छिट्टै हिँड्ने गरेकाले यो समस्याको समाधान गरी सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्न जरूरी रहेको पोखरेलले बताउनुभयो ।

अस्पतालको सुधार र विकासका लागि सम्बन्धित पक्षले चासो राखेर काम गर्न आवश्यक भएको निर्देशक आचार्यले बताउनुभयो । दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

अस्पतालका चिकित्सक डा चन्दन विश्वासले बिरामीको चाप अत्यधिक भएकाले उपचारमा समस्या भएको बताउनुभयो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid