sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तमोर नदीबाट लिफ्टिङ गरी धनकुटाकाे ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइँदै

  • साझा परिवेश
  • मङ्लबार, माघ १६, २०८० १३:३६
तमोर नदीबाट लिफ्टिङ गरी धनकुटाकाे ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइँदै

धनकुटा – तमोर नदीबाट खानेपानी लिफ्टिङ गरी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्याउने गरी काम भइरहेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा पानी लैजान जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत काम भइरहेको हो ।

योजना अन्तर्गत ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्की र चारवटा सुरक्षा भवनको काम सकिएको छ ।

सङ्घीय सरकारको १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट १४ किलोमिटर खानेपानी लिफ्टिङ पूर्वाधारको काम भइरहेको र एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए । आयोजनाबाट सबैभन्दा धेरै ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्नेछ ।

खानेपानीको समस्याका कारण बसाइँसराइ बढेको हुँदा आयोजना सम्पन्न भएपछि बसाइँ सर्नेक्रम रोकिने अपेक्षा गरिएको वडा ४ का सचिव शङ्कर ओझाले बताए । २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ ।

अहिलेसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिए । समयमा बजेट उपलब्ध भए आउँदो असार मसान्तसम्म काम सकेर साउन–भदौदेखि खानेपानीको परीक्षण शुरु गर्ने पनि उहाँले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ १६, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid