May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

पूर्वी नाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात

  • साझा परिवेश
  • आइतवार, माघ २१, २०८० 0८:५९
पूर्वी नाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो ।

यस अवधिमा सबैभन्दा बढी रु एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार रु ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची, रु ५३ करोड १२ लाख ६५ हजार मूल्य बराबरको १५ हजार एक सय ७९ मेट्रिक टन प्लाइउड, रु ३० करोड ४६ लाख ४० हजार मूल्यको दुई हजार तीन सय ८० मेट्रिक टन अदुवा र रु १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको एक हजार एक सय ५१ मेट्रिक टन अम्लिसो भारततर्फ निर्यात भएको छ ।

तरकारी वस्तुमा बन्दा कोभी र मूला भारत निर्यात हुने गरेको छभने मसुरो दालसमेत उल्लेख्य मात्रामा निर्यात भएको छ । उक्त तीन महिनाको अवधिमा रु एक करोड ७२ लाख ६२ हजार मूल्य बराबरको एक सय २६ मेट्रिक टन मसुरो दाल, रु २० लाख ४८ हजार मूल्य बराबरको एक सय २८ मेट्रिक टन बन्दाकोभी र रु २९ हजार मूल्य बराबरको करिब दुई मेट्रिक टन मूला भारत निर्यात भएको कार्यालयले जनाएको छ । निर्यात बस्तुमा जडीबुटीतर्फ चिराइतो, पीपला, अमला, मजिठो, सुगन्ध कोकिल, धूपी, पदमचाल र चुत्रो रहेको छ । यीमध्ये चिराइतो सबैभन्दा बढी मात्रा र मूल्यमा निर्यात हुने गरेको छ ।

कार्यालयका अनुसार दोस्रो त्रैमासिक अवधिमा रु ९४ लाख मूल्य बराबरको ४७ मेट्रिक टन चिराइतो, रु एक लाख छ हजार मूल्य बराबरको एक मेट्रिक टन पीपला, रु दुई लाख ९५ हजार मूल्य बराबरको अढाई मेट्रिक टन अमला, रु दुई लाख ५० हजार मूल्य बराबरको दुई मेट्रिक टन मजिठो, रु. एक लाख ९८ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुगन्ध कोकिल, रु तीन लाख ५० हजार मूल्य बराबरको १० मेट्रिक टन धूपी, रु छ लाख ९० हजार मूल्य बराबरको छ मेट्रिक टन पदमचाल र रु ३९ हजार मूल्य बराबरको एक मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

आव २०८०–८१ को प्रथम त्रैमासिक अवधि साउन, भदौ र असोज महिनामा तरकारी, जडीबुटी, प्लाइडका सामान, अम्रिसोलगायत कूल रु पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत मुलुकमा निर्यात भएको थियो ।

  • साझा परिवेश
  • -