April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि काठमाण्डौ महानगरको प्रस्ताव आह्वान

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १६:१९
सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि काठमाण्डौ महानगरको प्रस्ताव आह्वान

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरेको छ । वातावरण व्यवस्थापन विभागले आज सूचना निकालेर आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महले ३० दिनभित्र सुक्खा फोहोर खरिदका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रुपमा सङ्कलन हुने सुक्खा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको हो । प्लाष्टिक, कपडालगायतका २९ वटा सामग्रीलाई सुक्खा फोहोर भन्ने गरिएको विभागका प्रमुख नविनमान श्रेष्ठले बताए । सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरिएको नेपालमै यो पहिलो पटक भएको उनको भनाई छ ।

आम्दानीअनुसार रकम वातावरणको क्षेत्रमा लगानी हुनेछ । सुक्खा फोहोर खरिदका लागि प्राप्त प्रस्तावहरु आउँदो वैशाख १० गते कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवम् उपलब्ध प्रस्ताव दाताहरुको रोहबरमा खोलिने सूचनामा उल्लेख छ । काठमाण्डौको टेकुमा हरेक दिन दुई सय टन फोहोर संकलन हुने गर्छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।