काठमाडौं । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले एक सूचना जारी गर्दे जनपद प्रहरीतर्फठूलो संख्यामा प्रहरी सहायक निरीक्षकको भर्नाका लागि आवेदन माग गरेको जनाएको हो ।
जसमा खुलातर्फ १९७ जना, अमर अशत्त प्रहरी परिवारका ७ जना,महिला ३२ जना, आदिवासी जनजातितर्फ ५१ जना,मधेशी ४६ जना, दलित २४ जना, पिछडिएको क्षेत्रबाट ८ जना गरी कूल ३६५ जनाको आवेदन माग गरिएको हो ।