May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

सरकारले बचतकर्ताको रकम फिर्ता गराउने केही काम गरेन : कुश्लव केसी

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १६:४२
सरकारले बचतकर्ताको रकम फिर्ता गराउने  केही काम गरेन : कुश्लव केसी

काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो ।

फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट काठमाडौँ, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताइएको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरूले सहकारी पीडितहरूको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयाससमेत नभएको बताए । सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म केही काम नगरेको र आफूहरूसँग समन्वयसमेत नगरेको उनको भनाइ छ ।

सरकारको यस प्रकारको गतिविधिले सरकार कसका लागि हो ? भन्ने प्रश्न चिन्ह खडा भएको बताए । अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरू जोडिएका उनको दाबी छ । उनले ती पीडितहरू विभिन्न दुई सय ८९ सहकारीमा आबद्ध रहेका बताए । आफूहरू अब सहकारी पीडितको न्यायका लागि मर्न पनि तयार भएर सडकमा जान लागेको उनले उद्घोष गरे । साथै, उनले अब सरकारको कागजी सहमतिमा यो आन्दोलन नरोकिने बताए । अब संगठित रुपमा सशक्त आन्दोलनमा छेड्ने उनको चेतावनी छ ।

‘सहकारी विभागमा यही आउँदो ६ गते आइतबार १० बजेबाट ५ बजेसम्म धर्ना दिने कार्यक्रमको सुरुवात गर्दैछौँ । पहिलो चरणको आन्दोलन सहकारी विभागको प्राङ्गणबाट सुरु हुन्छ । ८ गतेबाट हामी काठमाडौँ, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्छौँ ।’ उनले भने, ‘उहाँहरूका गुनासो र सल्लाह सुझाव लिने काम गर्छौँ । चैत १ गते देशभरका पीडित बचतकर्तालाई काठमाडौँ आह्वान गर्छौँ । चैत १ गतेबाट भने हाम्रो कार्यक्रम ज्यानको बाजी लगाएर लड्न हामी तयार छौँ ।’

अब सहकारी बचतकर्ताले रकम पाउँछन्, पाउँदैनन् भन्ने ग्यारेन्टी सरकारले दिएन जस्तो आफूहरूलाई नलागेको उनले बताए । उनले सहकारी पीडित बचतकर्ताहरूलाई न्यायका लागि मर्न पनि पछाडि नहट्न आह्वान गरे । बिचमा कसैसँग मिल्ने, झुक्ने र साँठगाँठ गर्ने काम नगर्न पनि उनले सबै अभियन्ताहरूलाई आग्रह गरे । सोझा साझा पीडित बचतकर्तालाई न्याय दिलाउन आफूहरू लागिरहने उनको भनाइ छ ।

अभियानका महासचिव राजेश विष्टले नियम र ऐन कानुनअनुसार चलेका र बचतकर्तालाई दुःख नदिएका सहकारीले पनि आफूहरूले सुरु गर्ने आन्दोलनमा साथ दिनुपर्ने बताए । सहकारीका नाममा ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न उनले अपिल गरे ।

नेपाल प्रहरीका पूर्व आईजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरूले पीडित बनाएको बताए । सहकारी पीडितहरूको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भए पनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । नेता खनालले सहकारी ठगहरूले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरूले सहकारीका ठगहरूसँग साँठगाँठ गरेको उनको आरोप छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट