May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत

बर्दियामा बाघकाे आक्रमणबाट १ को ज्यान गयो

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १५:२५
बर्दियामा बाघकाे आक्रमणबाट १ को ज्यान गयो
  • राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गयो 
  • गम्भीर घाइते हुनुभएकी सुनारको उपचारको क्रममै मृत्यु 
  • बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै

बर्दिया।।

पाटेबाघको आक्रमणबाट बर्दियाकाे राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टाेलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैकाे वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दाेर्णराज शर्माले जानकारी दिनुभयो ।आज आइतवार नेपाल–भारत सिमानामा पर्ने घर नजिकैकाे वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परि गम्भीर घाइते हुनुभएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सिराम अर्यालले बताउनुभयो ।

नेपाल–भारत सिमानामा पर्ने तथा भारतकाे कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालकाे बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आासपासका क्षेत्रमा बाघकाे आक्रमणका घटना बढ्दै गएकाे छ । यी क्षेत्रमा बाघकाे आक्रमणबाट १८ जनाकाे ज्यान गएको छ । झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाकाे ज्यान गइसकेको छ । बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै गएको छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट