April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली ल्याउँदै प्राधिकरण

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १६:0१
भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली ल्याउँदै प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक आपूर्ति धान्नका लागि भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली आयात भइरहेको जानकारी दिएको छ । सुख्खायामा नेपालको उत्पादन खुम्चने भएकाले बिजुली माग धान्नका लागि भारतबाट ५४५ मेगावाट बिजुली आयात भइरहेको हो ।

यति बेला नेपालमा सरदर बिजुलीको माग १३ सय ४४ मेगावाट छ । तर, यो माग धान्नेगरी आन्तरिक उत्पादन भइरहेको छैन । नेपालमा सबैजसो आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर) छन् । यी आयोजनाबाट वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ ।

प्राधिकरणका अनुसार १३ सय ४४ मेगावाट माग पूर्ति गर्नका लागि ५४५ मेगावाट बिजुली आयात भइरहेको हो । तथ्यांकअनुसार यति बेला स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट प्रबद्धन आयोजनाबाट ४४९ मेगावाट बिजुली उत्पादन भइरहेको छ । जबकि, निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाको कूल जडित क्षमता २२ सय मेगावाटभन्दा धेरै पुगिसक्यो ।

यस्तै, विद्युत् प्राधिकरणको लगानीबाट सञ्चालित आयोजनाबाट १९८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यसबाहेक, प्राधिकरणको सहायक कम्पनीहरूबाट ११५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । निजी क्षेत्र, प्राधिकरण र प्राधिकरणको सहायक कम्पनीको कूल उत्पादन जोड्दा ७६२ मेगावाट हुन्छ ।

यसअनुसार बजार मागअनुसारको आपूर्ति मिलाउनका लागि प्राधिकरणलाई थप ५८२ मेगावाट बिजुली चाहिन्छ । यही असन्तुलन मिलाउनका लागि प्राधिकरणले भारतबाट ५४५ मेगावाट बिजुली आयात गरिरहेको हो । तर, १३४४ मेगावाट सरदर माग मात्रै भएको प्राधिकरणले जनाएको छ ।

यति बेला नेपालको उच्च माग बढेर १८४९ मेगावाटसम्म पुगेको छ । यो समयको आपूर्तिका लागि प्राधिकरणले अर्धजलाशययुक्त आयोजनालाई सदुपयोग गरिरहेको छ । प्राधिकरणले उच्च माग आउने समयका लागि भनेर कुलेखानी आयोजना र माथिल्लो तामाकोसीमा पानी जम्मा गर्छ । र, आवश्यकताअनुसार बिजुली उत्पादन गर्दै आइरहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट